तपाईँ सुन्दै हुनुहुन्छः

नाकामा निर्बाध आवागमन माग गर्दै सिडिओलाई ज्ञापनपत्र

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा निर्बाध रुपमा आवागमन हुनुपर्ने माग राख्दै कञ्चनपुरका व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा होटेल व्यवसायी सङ्घ कञ्चनपुर, महाकाली यातायात प्राली, औषधी व्यवसायी सङ्घ, नमस्ते शुक्लाफाँटा यातायात प्राली, पवनदुत यातायात, सुनौलो यातायात प्राली र मण्डी व्यवसायी सङ्घले संयुक्त रुपमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई ज्ञापनपत्र बुझाएका हुन ।

गत चैत्र ११ गतेदेखि कोरोना महामारीका कारण बन्द भएको नेपाल भारत सीमानाकामा सहज आवागमन नहुँदा कञ्चनपुरको व्यापार व्यवसायमा ठुलो नोक्सानी बेहोर्नुपरेको भन्दै व्यवासायीहरुले यथाशीघ्र नाकामा सहज आवागमन हुनुपर्ने बताएका छन् ।

ज्ञापन पत्र बुझाउँदै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्लले नाकामा सहज आवागमन नहुँदा पर्यटनको ठुलो सम्भावना समेत गुम्ने खतरा रहेको बताउनुभएको छ ।

ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले व्यवसायीहरूको माग सरकार समक्ष पुर्‍याउने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button