खैरो हिरोइनसहित एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाटाका एक जना लागु औषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले बागफाटाका बलराम रानालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रानाको घरबाट चार सय मिलिग्राम लागु औषध खैरो हिरोईन बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले रानालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्