थप १ सय २२ जनामा कोरोना संक्रमण, १ सय ४४ सङ्क्रमणमुक्त
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज थप १ सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार २ सय ४ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ हजार ५ सय ८१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार ५५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्