तपाईँ सुन्दै हुनुहुन्छः

बँदेलको आक्रमणबाट ३ जना घाइते  

दार्चुला ।  दार्चुलामा बँदेलको आक्रमणबाट तीन जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मल्बाव भन्ने ठाउँमा जङ्गली बँदेलको आक्रमणबाट ३ जना घाइते भएका हुन् ।

आज बिहान गाउँ नजिकैको जङ्गलबाट बस्तीमा पसेको बँदेललाई धपाउने क्रममा बँदेलले आक्रमण गर्दा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा स्थानीय वर्ष १६ का गोविन्द धामी, ७५ बर्षीया धौली धामी र अन्दाजी २० वर्षीय अनिल धामी रहेको प्रहरी कार्यालय दार्चुलाका सूचना अधिरी भास्कर चन्दले जानकारी दिनु भएको छ ।

बिहान जङ्गलबाट गाउमा पसेको बँदेलले गोविन्दलाई घर आगनमै आक्रमण गरेको र नातीलाई बँदेलबाट बचाउन खोज्दा हजुर आमा धौली धामी गम्भीर घाइते भएको स्थानीय रिनु धामीले जानकारी दिनुभयो ।

घाइते भएका धौली धामीको अवस्था गम्भीर रहेकाले उहाँको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि कैलाली रेफर गरिएको गोकुलेश्वर अस्पतालले जानकारी दिनभयो ।

अरू घाइतेहरू मध्ये गोविन्द धामीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ, भने अनिल धामीको शंकरपुर स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल दार्चुला पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button