तपाईँ सुन्दै हुनुहुन्छः

बजार लिदै जुम्ली ‘मार्सी र सिमी’,२० टन जुम्ली‘मार्सी र सिमी’ क्यानडामा पठाइदै

जुम्ला । नेपालकै चर्चित ब्राण्ड जुम्ली मार्सी चामल र सिमिको अन्तर्राष्ट्रीय बजारमा माग बढ्न थालेको छ । स्वादिष्ट र स्वास्थ्यका लागि निकै लाभदायीक मानिने जुम्लाको मार्सी चामल,सिमि,कोदो लगायत अन्य कृषि बस्तुको अन्तराष्ट्यि बजारमा माग बढ्दै गएको हो ।

अन्तर्राष्ट्रीय बजारको मागलाई मध्यनजर गर्दै पहिलो पटक ठुलो परिणाममा जुम्ली मार्सि चामल, सिमि,कोदो लगायतको जुम्ली कृषि बस्तु क्यानडा पठाउने तयारी भईरहेको छ । पहिला नेपालको बास्मति चामल लिएर बेच्ने (लायम फुड कर्पोरेशन) क्यानडाले यसपटक जुम्ली मार्सि लिन थालेको हो ।

(लायम फुड कर्पोरेशन) क्यानडाको सहकार्यमा जुम्लाका राज शाहिले एक महिनाभित्र करिब २० टन जुम्ली मार्सी चामल, सिमि,कोदो क्यानडा निर्यात गर्ने तयारी गरेका छन् । करिब ५० लाख भन्दा माथि मुल्य बराबरको कृषि बस्तु क्यानडा निर्यातको तयारी भईरहेको जुम्ला चन्दननाथ नगरपालिका वडा १० का कृषि व्यापारी राज शाहिले बताउनुभयो ।


उहाँले भन्नुभयो,“१ सय ३० क्वीईन्टल मार्सी चामल,५० क्वीईन्टल सिमि,१० क्वीईन्टल कोदो र १० क्वीईन्टल बेसार,झिम्मो गरी २ सय क्वीईन्टल अर्थात २० टन कर्णालीको कृषि बस्तु क्यानडा पठाउदै छु ।”अन्तर्राष्ट्रीय बजारमा जूम्ली मार्सीको बजारीकरण गर्नुका साथै आर्थिक आम्दानी हुने,किसानको जीवनस्तर उकास्ने संगै समग्र कृषि प्रधान देशको रुपमा नेपाललाई अन्तर्राष्ट्रीय जगतमा चिनाउने लक्ष्य राखेको व्यापारी शाहिको भनाई छ ।

जुम्लाको चन्दननाथ सहकारीले सबै किसानले उचित मुल्य पाउने गरी मार्सी र सिमि खरिद गरिरहेको छ । राम्रो संग सुकाएर, ढुंगा माटो सबै छानेर जुम्लाबाट पठाएपछि काठमान्डौमा प्याकेजिङ गरी बिरगंज हुदै क्यानडा पठाईने छ ।क्यानडा स्थित (लायम फुड कर्पोरेशन)का डाक्टर पुर्ण कंडेलको समन्वयनमा जुम्लाको मार्सि र सिमिको प्रर्बद्धन, अन्तराष्ट्यि बजार प्रर्बद्धनका लागि पहिलो पटक यति ठुलो मात्रामा कृषि बस्तु पठाउन लागिएको शाहिले उल्लेख गर्नुभयो ।

उहाँले थप्नुभयो,“अहिले अन्तर्राष्ट्रीय बजारका लागि लाईसेन्स बनाउदै छु । (कर्णाली सुपर फुड्स) नाममा लेबलिङ,प्याकेजिङ गरेर २० टन जुम्ली मार्सि, सिमि पठाउर्दै छु । यसका लागि कर्णाली प्रदेश सरकार देखि संघिय सरकारको पनि सकरात्मक सहयोग छ ।”पाँच लाख भाडा तिर विरगन्जको बन्दरगाहबाट पठाएको ३५ देखि ४० दिन भित्र कृषि बस्तु क्यानडा पुग्ने छ । पहिलो पटक अन्तर्राष्ट्रीय बजारमा जान लागेको जुम्ली मार्सीले बजार सन्तोषजनक पाए आगामी दिनमा अन्य देशमा पनि पठाइने छ ।

कृषिबाटै कर्णालीको समृद्धी छ । कृषिमा लगानी बढाउनुहोस भन्दै सरकार संग माग गर्दै काठमान्डौ बसेर जुम्ली कृषि बस्तुको बजारीकरण र प्रर्बद्धन गरिरहेका राज शाहिको कमदलाई जुम्ली किसानले प्रंसशा गरेका छन् ।राष्ट्यि अन्तर्राष्ट्रीय बजारमा जुम्ली मार्सी, सिमिको माग बढ्दै गएपछि यसको लोकप्रियता संगै खेतीमा पनि आर्कषण बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button