राउटेलाई प्रशासन र मंगलसेन नगरपालिकाकाे सहयाेग

अछाम। सुर्खेतबाट अछाम आएका लाेपाेन्मुख राउटेलाई जिल्ला प्रशासन कार्यालय र मंगरसेन नगरपालिकाले आर्थिक र लुगाकपडाकाे सहयाेग गरेका छन् ।सहयाेग माग्दै सदरमुकाम मंगलसेन पुगेका राउटे मुखिया सहित ३ जनालाई सहयोग गरिएको हाे । जिल्ला प्रशाशन कार्यालयले ५ हजार नगद सहित ३ जनालाई एउटा एउटा न्यानाे कपडा (कम्मल) प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गाेकर्ण प्रसाद उपाध्यायले बताउनु भयाे ।
राउटे मुखिया भद्रबहादुर शाही सहित आएका राउटेले परम्परागत सीपबाट काठबाट बनाईएकाे काेसी (काठकाे भाँडाे) समेत जिल्ला प्रशासनलाई काेसेली दिएका छन् ।यस्तै मंगलसेन नगरपालिकाले लोपोन्मुख फिरन्ते जाती राउटेका लागि आर्थिक सहयोग प्रदान गरेको छ । राउटे मुखिया शाहीको टोलीलाई नगरप्रमुख पदम बहादुर बोहराले नगद २५ हजार प्रदान गर्नुभएको हो ।
हाल सुर्खेतको झुप्रेखोलामा बसोवास गरिरहेको राउटेका मुखिया शाहीको नेतृत्वमा ३ जना राउटे सहयोग संकलनका क्रममा मंगलसेन आईपुगेका थिए । नगद सहयोग पश्चात नगरप्रमुख बोहराले राउटेको जिविकोपार्जनका लागि थोरै भएपनि सहज होस भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको बताउनुभयो ।
नगरपालिका मार्फत आफुहरुलाई नगद सहयोग प्राप्त भएपछी निकै खुसी लागेको मुखीया भद्र बहादुर शाहीले बताउनुभयो ।सहयोग हस्तान्तरणका क्रममा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, लेखा अधिकृत बिष्णुप्रसाद उपाध्याय र ईञ्जिनियर खम्म केसी लगायतको उपस्थिति रहेको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैसीले जानकारी दिनुभयो ।
पहिले “रुपैयाँ छुँदा पाप लाग्छ” भन्ने राउटे पछिल्लो समय राजधानी काठमाडौं सहित देशका विभिन्न ठाउँमा पुगेर आर्थिक सहयाेग माग्दै आईरहका छन् ।

सुर्खेतकाे झुप्रेखाेलामा ४६ जना राउटे बसाेबास गरिरहेका ४५ बर्षीय राउटे मुखिया भद्रबहादुरले बताउनु भयाे । केही समय पहिले राउटे मुखिया मानबहादुर शाहीकाे लडेर मृत्यु भए पछि आफू मुखियन भएको र आफुले सबै राउटेलाई हेर्नुपर्ने भएकोले सहयाेग माग्दै हिड्ने गरेकाे मुखिया शाहीकाे भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्