तपाईँ सुन्दै हुनुहुन्छः

थप १ सय ४ जनामा कोरोना संक्रमण

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी निदुभयो ।

यसैगरी, आज थप १ सय ३१ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार ६० पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ हजार ६ सय ४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button