बीरगंजमा दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन सुरु

बीरगंज । बीरगंजको नारायणी अस्पतालमा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरूको लागि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने कार्य आजदेखि सुरु भएको छ ।
जिल्लाका सरकारी कार्यालय, संस्थानका कर्मचारी, बैङ्क तथा वित्तीय संस्थामा काम गर्ने र पालिकाका जनप्रतिनिधि, कर्मचारीलाई खोप लगाउन सुरु गरिएको नारायणी अस्पतालका कर्मचारी अखिलेश तिवारीले जानकारी दिनुभयो ।
यसबाहेक जिल्लामा कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप लगाउने कार्य सुरु भएको उहाँले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत आजदेखि फागुन ८ गतेसम्म देशका ७७ जिल्लामा खोप दिइने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले बताउनुभयो ।
पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप अहिले दोस्रो अभियान अन्तर्गत आजबाट लगाउन थालिएको हो ।
यसअघि पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजार जनालाई पहिलो चरणमा खोप लगाउने भनिए पनि अहिलेसम्म एक लाख ९० हजारले मात्र खोप लगाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्