तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, १ जना घाइते

सांकेतिक तस्बिर
तनहुँ । तनहुँको आँबुखैरेनी बजार चोकमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
त्यस्तै अर्का एक जना सामान्य घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल पछाडि सवार मध्ये नेपाल नगरपालिका–६ लमजुङका १७ वर्षीया अन्वेषा पौडेलको घटनास्थलमै ज्यान गएको हो भने मोटरसाइकल चालक ५१ वर्षका युवराज घिमिरे सामान्य घाइते भएका छन् ।
मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट भएको एनएल ०१ एन २९८६ ग्याँस बुलेटलाई ओभरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ आउँदै गरेको ग ३ च २०८४ नम्बरको निजी कारसँग ना १९ प ९२४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको थियो ।
चितवनस्थित आफन्तको घरबाट पोखरा फर्कने क्रममा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकाश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button