तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा आजदेखि दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु

बाजुरा । बाजुरामा दोस्रो चरणको कोरोना विरुद्धको खोप  लगाउन आजदेखि सुरु हुने भएको छ ।
पहिलो चरणमा फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपछि दोस्रो चरणको खोप आजदेखि सुरु हुने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
पहिलो दिन आज जिल्लास्थित निजामती कर्मचारीहरू र न्यायालयका कर्मचारी १ सय ८५ जनाले खोप लगाउने भएका छन् ।
त्यसै गरी फागुन ३ गते जिल्ला समन्वय समिति बैक तथा वित्तीय संस्थाका कर्मचारीहरू, जिल्ला खोनपानी कार्यालय, जिल्ला प्रहरी कार्यालय नेपाल बिद्युत् प्राधिकरण र नेपाल टेलिकमका कर्मचारी १ सय ९४ जनाले खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
दोस्रो चरणमा २ हजार १ सय ३६ जनालाई कोरोना विरुद्धको खोप लगाउने कार्य रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button