तपाईँ सुन्दै हुनुहुन्छः

देवघाटकोमा कृषि उपज संकलन केन्द्र एवं हाटबजारको उद्घाटन

तनहुँ । तनहुँ देवघाट कोटामा कृषि उपज संकलन केन्द्र एवं हाटबजार समुद्घाटन गरिएको छ ।

देवघाट गाउँपालिका वडा नम्बर १ कोटास्थित हाटबजारको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उद्घाटन गर्नुभयो ।
सो अवसरमा उनले “हाम्रो देवघाट, समृद्ध देवघाट“ भन्ने मुल नारालाई आत्मासाथ गर्दै देवघाट गाउँपालिकाले एक वडा एक कृषि संकलन केन्द्र र एक वडा एक नमुना गाउँको निर्माण गर्ने उद्देश्य राखेको बताउनुभयो ।

सो कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरसँगै खसी बोका बाख्रा प्रदर्शनी राखिएको थियो ।

त्यस्तै देवघाट–१ का वडा भित्रका विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता र बाल विकास केन्द्रका बालबालिकाहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको देवघाट गाउँपालिकाका युवा तथा शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button