तपाईँ सुन्दै हुनुहुन्छः

महिला लिगमा एपीएफको अपराजित यात्रा कायमै

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत शनिवार भएको खेलमा साबिक विजेता एपीएफ क्लबले अपराजित यात्रा कायम राख्दै स्याङजाको वालिङ नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

वालिङलाई ६–० गोल अन्तरले हराउने क्रममा एपीएफले जितको यात्रालाई कायम राखेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गर्नुभयो भने प्रीति राईले एक गोल थप्नुभयो ।

यस्तै शनिवार नै भएको अर्को खेलमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २– १ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button