तपाईँ सुन्दै हुनुहुन्छः

बाग्मती प्रदेशस्तरीय पत्रकार प्रशिक्षण सुरु

May be an image of 4 people, people standing and people sitting

ललितपुर – मदन भण्डारी फाउण्डेशनले ७ दिने बाग्मती प्रदेशस्तरीय पत्रकार प्रशिक्षण सुरु गरेको छ । फाउण्डेशनले काठमाडौँको सबै स्थानीय तहमा पत्रकार प्रशिक्षण तालिम सम्पन्न गरे पश्चात् आजबाट बाग्मती प्रदेशस्तरीय प्रशिक्षण सुरु गरेको हो ।

प्रशिक्षणको शुभारम्भ कार्यक्रमको सञ्चालन तथा सहजीकरण गर्नुहुँदै मदन भण्डारी फाउण्डेशनका सचिव पेम्बा लामाले समाजलाई शुसूचित गर्नका लागि दक्ष पत्रकार उत्पादन आजको आवश्यकता भएको बताउनुहुँदै तालिमले प्रशिक्षार्थीहरूको व्यवसायीक दक्षता अभिवृद्धि गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

May be an image of one or more people and people standing

तालिमको पहिलो चरणमा ललितपुर, भक्तपुर र काभ्रेका गरी २८ जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइने उहाँले जानकारी दिनुभयो ।

फाउण्डेशनले क्रमिकरुपमा बागमती प्रदेशका १३ जिल्लाका युवाहरूलाई पत्रकारिता तालिम दिनेछ। बागमती प्रदेशका प्रत्येक स्थानीय तहबाट २० देखि २५ वर्ष उमेर समूहका युवाहरूलाई आधारभूत पत्रकारिता तालिम प्रदान गरिने फाउण्डेशनका सचिव लामाले बताउनुभयो ।

तालिममा सहभागीहरूलाई पत्रकारिताको परिचय ,लेखन ,फोटो पत्रकारिता ,अनलाइन पत्रकारिता ,स्थानीय तहमा नीति निर्माण र सुशासन जस्ता विषयहरूमा प्रशिक्षण प्रदान गरिने छ।

May be an image of 5 people, people standing, people sitting and indoor

ललितपुरको जावलाखेलमा सुरु भएको तालिममा प्रशिक्षकहरू अमरध्वज लामा , सोम राई, डा। कुन्दन अर्याल, प्रकाश सिलवाल, शिव कुमारी गोतामे, मिलन धरेल, महेन्द्र श्रेष्ठ , कविता थापा, सुरज अधिकारी, अधिवक्ता विष्णु माया भुसाल, यशोदा अधिकारी, गोपाल खनाल, आशिष पौडेल, सुशील प्याकुरेल, राम शरण प्याकुरेल, घनश्याम कोइराला, जितेन्द्र श्रेष्ठ, कृष्ण राई, पुण्य पुडासैनी, फुलमान बल, डा।भेष राज अधिकारी, गोकुल घर्ती, खेम लोहोनी , प्रा डा प्रेमसागर चापागाईँ, विमल पोखरेल , राम शरण प्याकुरेल, महेन्द्र विष्ट लगायतले प्रशिक्षण दिनुहुनेछ ।

कार्यक्रममा फाउण्डेशनका केन्द्रीय कोषाध्यक्ष  चिन्तामणि भट्टराई र बागमती प्रदेश सांसद दीपक निरौलालगायतको उपस्थित रहेको छ ।

May be an image of 4 people, people sitting and indoor

प्रतिक्रिया राख्नुहोस्

Back to top button