पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेला बुटवलमा सम्पन्न

रुपन्देही ।पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेला बुटवलमा सम्पन्न भएको छ । फागुन १ गते जनयुद्ध दिवस स्थापना दिवसको दिन पारेर पूर्व जनमुक्ति सेना बुटवलमा भेला भएका हुन् । देशभरका करिब ६ सय पूर्वलडाकु सो भेलामा सहभागी थिए ।
भेलालाई माओवादी जनयुद्धका पूर्वकमाण्डरहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, वाणिज्यमन्त्री लेखराज भट्ट, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले गणतन्त्रका योद्धाहरुलाई राज्यको तर्फबाट गरिने सम्बोधनलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
पूर्वजनमुक्ति सेना नेपालका संयोजक दुर्गा चौधरी सन्तोषले गणतन्त्रका जिउँदो शहिदलाई जनयुद्धका कमाण्डर पुष्पकमल दाहालले पटक पटक आफूहरुलाई धोका दिएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग सम्बोधन गर्ने प्रतिवद्धता गरेकोे आफूहरुमा आशा पलाएको बताउनुभयो ।
ठाउँठाउँमा यो भेलामा आउनेलाई प्रचण्ड समूहले रोक लगाएको पूर्वजनमुक्ति सेनाका संयोजक चौधरी सन्तोषले बताउनुभयो ।
भेलाले प्रधानमन्त्री केपी ओलीले आफूहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । साथै आफ्ना मागहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजान निरन्तर दवाव दिइरहने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्