तपाईँ सुन्दै हुनुहुन्छः

बारामा महिला हत्या गरेको आरोपमा दुई जना पक्राउ

बारा । बारामा महिला हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । महागढीमाई नगरपालिका वडा नं. १ निवासी ४८ वर्षीया कान्तिदेवी कुशवाहाको हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

आज पत्रकार सम्मेलन गर्दै हत्या गरेको आरोपमा महागढीमाई नगरपालिका वडा नं.१ निवासी ४२ वर्षीय लालबाबु प्रसाद कुशवाहा र ४८ वर्षीय धनेश्वरी देवी कुशवाहालाई प्रहरीले सार्वजनिक गरेको हो ।

मृतक महिलाको परिवार र छिमेकी धनेश्वरीबिच जग्गासम्बन्धी विवाद र व्यक्तिगत रिसइबी रहेको अनुसन्धानको क्रममा खुलेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले धनेश्वरीले लालबाबुलाई आर्थिक प्रलोभनमा पारी कान्तिको हत्या गराएको खुलेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button