मकवानपुरबाट यु–१३ फुटबलका लागि ३२ खेलाडी छनौट
मकवानपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १३ वर्षभन्दा कम उमेर (यु–१३)का खेलाडी छनौट कार्यक्रम अन्तरगत मकवानपुरबाट ३२ जना खेलाडीहरू छनौट भएका छन् ।हेटौँडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको छनौट कार्यक्रममा जिल्लाका ३२ जना खेलाडी छनौट भएका हुन् ।
गत मङ्गलवारबाट सुरु भएको छनौट कार्यक्रममा २०६५ साल असोज १५ गतेदेखि २०६६ असोज १४ गतेसम्म जन्मेका किशोर खेलाडीहरूले जन्म दर्ता प्रमाणपत्र संलग्न गरी फारम भरेका थिए ।
छनौट कार्यक्रममा सहभागी भएका ७० जनाबाट ३२ जना छनौट भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले जानकारी दिनुभयो ।
छनौट भएका खेलाडीहरूलाई केही समयको प्रशिक्षणपछि थप प्रशिक्षणका लागि एन्फामा लगिने बताइएको छ । एन्फाको वार्षिक क्यालेन्डर अनुसार खेलाडी छनौट भएको हो ।








प्रतिक्रिया राख्नुहोस्