तपाईँ सुन्दै हुनुहुन्छः

उपाधिका लागि नेपाल पुलिस र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुने

पोखरा । पोखरामा जारी टाइगर कप अन्तर क्लब भलिबल प्रतियोगिताको महिला तर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा भएको खेलमा एपीएफले न्यु डायमन्डलाई तीन शून्यको सोझो सेटमा हरायो । यो प्रतियोगितामा एपीएफले पहिलो खेलमा पुलिससँग नै तीन शून्यको सोझो सेटमा पराजित भएको थियो । तर उसले कमब्याक गर्दै फाइनलमा स्थान बनायो ।

एपीएफलाई फाइनलमा पुग्नका लागि सोझो सेटको जित आवश्यक थियो भने न्यु डायमन्डले एक सेट जितेमा पनि फाइनलमा पुग्न थियो । तर एपीएफले उत्कृष्ट जित निकाल्दै फाइनलमा स्थान बनायो ।

पुलिसले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ । न्यु डायमन्डसँगको हारपछि पनि पुलिसले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल शनिवार हुनेछ ।

पुरुष तर्फको उपाधिका लागि गण्डकी प्रदेश र त्रिभुवन आर्मीबिच प्रतिस्पर्धा हुने भएको छ ।

अन्तिम खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई तीन शून्यको सोझो सेटमा हराउँदा फाइनलमा स्थान बनायो । अब उसले उपाधिका लागि गण्डकी प्रदेशसँग खेल्नेछ । गण्डकीले यसअघि नै एपीएफलाई हराएर फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button