तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीबाट एन्फाले छान्यो १३ वर्ष उमेर समूहका ३५ खेलाडी

सुनसरी । सुनसरीबाट एन्फाले १३ वर्ष मुनी उमेर समूहको ३५ जना खेलाडी छनौट गरेको छ ।

एन्फाको आयोजनामा भइरहेको अन्डर १३ उमेर समूहको खेलाडी छनौट अन्तर्गत सुनसरीबाट ३५ जना खेलाडी छानिएको हो ।

अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरीले इटहरी ९ स्थित जनता स्कुलको मैदानमा २ दिने छनौट कार्यक्रमबाट ३५ जना अन्डर १३ वर्ष उमेर समूहका खेलाडीहरू छानिएका हुन् ।

जिल्लाबाट छनौट भएका ३५ खेलाडीले प्रदेश छनौटका लागि प्रतिस्पर्धा गर्न पाउने छन् ।

छनौटमा सहभागीहरूको जन्म दर्ताका साथै खेल प्रदर्शन हेरेर मात्र खेलाडी छनौट गरिएको एन्फा सुनसरीका प्रशिक्षक श्याम मानन्धरले बताउनुभयो ।

अन्डर १३ मा सहभागी हुनको लागि २०६५ असोज १५ देखि २०६६ असोज १५ गते भित्र जन्मिएको हुनुपर्ने प्रावधान थियो । सहभागीहरूलाई समूह समूह बनाएर प्रतिस्पर्धा गराइएको मानन्धरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button