सुर्खेतमा जुवाको खालबाटै ५ जना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले जुवाको खालबाटै ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख चामुण्डा बिन्द्रासैनी–४, का ३२ वर्षीय झक्कबहादुर शाही, सुर्खेतको वीरेन्द्रनगर–७, बस्ने २६ वर्षीय खेमराज शाही, २३ वर्षीय भरत शाही, ४२ वर्षीय नरेश शाही र ४४ वर्षीय रेशम पङ्गेनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले गए राती वीरेन्द्रनगर–८, आवास क्षेत्रस्थित बलबहादुर शाहीको घरबाट ३ गड्डी ताससँगै ४४ हजार एक सय ३५ रुपैयाँ नगदसहित उनीहरूलाई खालबाटै पक्राउ गरेको हो ।
हारजित हुने गरी जुवा खेलिरहेको गोप्य सूचना पाएपछि जिप्रकाबाट प्रहरी निरीक्षक कनकबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्