तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, तीन घाइते

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ख आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ ।

बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजना स्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप आज साँझ सवा ५ बजे उक्त गाउँपालिकाको वडा नं. ६ सिमिताँजेमा दुर्घटना हुँदा जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई, स्याङ्गा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका वडा नं. १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घट्ना हुँदा जीप सडकबाट १२० मिटर तल खसेको थियो । दुर्घटना के कारणले भयो भन्ने अझै नखुलेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार घाइते हुनेहरुमध्ये एक जना सोही आयोजनामा कार्यरत धरान घर भएका सुनिलकुमार शाह रहेको र अन्य दुई जना एक महिला र बच्चाको ठेगाना भने खुल्न बाँकी रहेको प्रनाउ थापाको भनाई छ ।

दुर्घट्ना स्थलतर्फ अनुसन्धानसहितको प्रहरी टोली जाँदै गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको टाउको खुट्टा टाउँकोमा चोट लागेको छ । उपचारका लागि बेँसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button