तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको बुढीगंगा नदीमा बेलिब्रिज निर्माण कार्य सम्पन्न 

बाजुरा  । बाजुराको बुढीगंगा नदीमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भई उद्घाटन भएको छ।

साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने जडाङ्गास्थित उक्त नदिमा रहेको बेलिवृज बगाएको करिब ६ महिनापछि बेलिब्रिज निर्माण कार्य सम्पन्न भई आजै प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले उद्घाटन गर्नु भएको हो ।

वेलिवृज निर्माण कार्य सम्पन्न भएसँगै आजबाट सदरमुकाम मार्तडीबाटै बस सेवा सुरु हुने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनु भएको छ।

गत साउन २५ गते बुढीगंगा नदिमा आएको बाढीले सो नदिमा रहेको बेलिवृज बगाएपछि सदरमुकाम मार्तडीमा ६ महिनासम्म बस सेवा सञ्चालन हुन सकेका थिएनन्।

सडक डिभिजन कार्यालय साँफेबगरको  १ करोड ८८ लाखको लगानीमा उक्त बेलिबृज निर्माण भई सञ्चालनमा आएपछि स्थानीयलाई आवतजावत तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button