तपाईँ सुन्दै हुनुहुन्छः

पीसीआर ल्याब सञ्चालनमा

कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा पीसीआर ल्याब सञ्चालनमा आएको छ । भीमदत्त नगरपालिकाले पीसीआर मेसिन खरिद गरी महाकाली अस्पताललाई हस्तान्तरण गरेको सात महिना पछि सञ्चालनमा आएको हो ।
महाकाली अस्पताल कञ्चनपुरका अध्यक्ष कृष्ण दत्त जोशीले पीसीआर मेसिन सञ्चालनमा आएकाले अव कञ्चनपुरमा कोरोना पीसीआर परीक्षण गराउन सहज हुने बताउनु भएको छ ।
यस अघि कञ्चनपुरको कोरोना परीक्षणका लागी सेती अस्पताल धनगढीमा पीसीआर परीक्षण गरिँदै आएको थियो । अध्यक्ष जोशीले अस्पतालमा अहिले १७ जना विशेषज्ञ डाक्टर र १२ जना डाक्टरहरूले सेवा दिइरहेको र ल्याब सञ्चालनका लागि जनशक्ति छनौट भइसकेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button