तपाईँ सुन्दै हुनुहुन्छः

परीक्षा दिन क्याम्पस गएका किशोर दुई दिनदेखि बेपत्ता

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलवार परीक्षा थियो । क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन् ।

सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर फर्किएनन् । घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे । बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गरे ।

मङ्गलवार बिहानदेखि बेपत्ता भएका ईश्वरको बुधवार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । ‘दुई दिन भइसक्यो ईश्वरको केही अत्तोपत्तो लाग्न सकेको छैन’, उहाँले भन्नुभयो, ‘बजार क्षेत्रको सिसिटिभी फुटेज पनि हेर्यौं, केही जानकारी प्राप्त हुन सकेन ।’

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले किशोरको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button