तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व सांसद जोशीको ह्रदयघातका कारण निधन

कञ्चनपुर । पुर्व सांसद तथा नेपाली कांग्रेस कञ्चनपुरका पुर्वसभापति गंगादत्त जोशीको आज बिहान ह्रदयघातका कारण निधन भएको छ ।

केही दिनअघि आँखाको शल्यक्रिया गर्नुभएका ८४ बर्षीय पुवं सांसद जोशी आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा माटोमै ह्रदयघात भएको नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सचिब ईश्वरीप्रसाद जोशीले जानकारी दिनुभयो ।

पुर्व सांसद जोशीको शव महाकाली अस्पतालमा राखिएको जानकारी दिदैं सचिब जोशीले परिवारका सदस्यहरुसितको सल्लाहमा दाहसंस्कार गरिने बताउनुभयो ।

उहाँ उच्च रक्तचापको औषधी लिँदै आउनुभएको समेत बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button