तपाईँ सुन्दै हुनुहुन्छः

ल्होसारका अवसरमा ३ दिन बिदा दिने बकैया गाउँपालिकाको निर्णय

मकवानपुर । मकवानपुरको पूर्वी बकैया गाउँपालिकाले ल्होसार पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँकार्यपालिकाको बैठकले आगामी ३० गते पर्ने ल्होसार पर्वका अवरमा माघ २८, २९ र ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस्तै बैठकले यही माघ २९ गते गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा सभामा भने सम्पूर्णलाई सहभागी हुन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button