तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका ६ पालिका कोरोना मुक्त

तनहुँ । तनहुँका ६ वटा पालिका कोरोना सङ्क्रमणमुक्त पालिका भएका छन् ।
जिल्लाका १० वटा पालिका मध्ये ६ वटा पालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेसँगै कोरोना मुक्त पालिका भएका हुन् । बाँकी पालिकामा सङ्क्रमितको सङ्ख्या न्यून छ ।
मङ्गलवार सम्ममा भिमाद नगरपालिका र गाउँपालिकाहरू घिरिङ, देवघाट, म्याग्दे, आँबुखैरेनी र बन्दीपुर कोरोना मुक्त बनिसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भानु नगरपालिकामा १०, व्यास नगरपालिकामा ५ , शुक्लागण्डकी नगरपालिकामा ५ र ऋषिङ गाउँपालिकामा २ गरी २२ जना सक्रिय सङ्क्रमित रहेको पनि जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button