तपाईँ सुन्दै हुनुहुन्छः

आयोगले माग गरेबमोजिमको बजेटको स्रोतको सुनिश्चितताः अर्थमन्त्री

file photo

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले माग गरे बमोजिमको बजेटको स्रोतको सुनिश्चितता गरेको बताउनु भएको छ ।

मङ्गलवार अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले हाललाई निर्वाचन आयोगले माग गरे अनुसारको करिब ७ अर्ब रकमको स्रोत सुनिश्चित गर्ने निर्णयमा आफूले मङ्गलवार हस्ताक्षर गरेको जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले निर्वाचन खर्चका सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेर थप अन्य स्रोतको व्यवस्था गरिने पनि उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले एमसिसिको अनुमोदनको विषय निर्वाचनपछि नयाँ संसद् गठनसँगै अघि बढ्ने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button