९८.६ प्रतिशत संक्रमित निको

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज १ सय ६५ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ ।
तथ्याङ्क अनुसार हालसम्म ९८ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ४ हजार ३ सय ९ वटा नमुनाको परीक्षण गर्दा १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संंख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या २ हजार ४७ पुगेको छ ।
यस्तै १ हजार ७ सय ३७ सक्रिय संक्रमित मध्ये ६४ जनाको आइसियु र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्