बुधवारदेखि फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आगामी बुधवारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको मौषमविद्हरुले जनाएका छन् ।
मौसमविद् सजिना शाक्यले पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमा समेत बदली र हल्का वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।
उहाँले तीन दिनसम्म हल्का बदली, थोरै स्थानमा वर्षा हुने र यो क्रम फेब्रुअरी महिनाभर जारी रहने बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले चिसो अझै रहने तथा तराईका भू–भागमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्