तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा जानुको विकल्प छैनः निधि

file photo

वीरगञ्ज । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा उत्पन्न राजनीतिक सङ्कटको समाधानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा ताजा जनादेशका लागि निर्वाचन नै उत्तम विकल्प हुने बताउनुभयो ।

उपसभापति निधिले न्यायालयमा विचाराधीन मुद्दामा संविधानले प्रदत्त अधिकारभित्र रहेर न्यायालयले फैसला गर्नेमा काँग्रेस आशावादी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button