धारिलो हतियार प्रहार गरी महिलाको हत्या
बारा । बारामा गए राती धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । हत्या हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर १ का ४८ वर्षीया कान्तिदेवी कुशवाहा रहनुभएको छ ।
राति अन्दाजी १० बजेको समयमा घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी उहाँको हत्या भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
कुशवाहको परिवारमा तीन छोरा र एक छोरी भए पनि उनीहरू अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्