वन्यजन्तु जोगाउन बारामा निकुञ्जको सेना सडकमा
बारा । विगत केही सातादेखि राजमार्गमा सडक दुर्घटनामा परी वन्यजन्तुको मृत्यु भएपछि बारामा नेपाली सेना सडकमा परिचालन गरिएको छ ।
वन्यजन्तुलाई सड्क दुर्घटनाबाट बचाउन पर्सा राष्ट्रिय निकुञ्जले नेपाली सेनालाई प्लेकार्ड सहित सडकमा परिचालन गरेको हो ।
निकुञ्जले सडक दुर्घटनाबाट वन्यजन्तु बचाउन ‘गति सीमित’ लेखिएको प्लेकार्ड सहित निकुञ्जसँग जोडिएको सडक खण्डमा सेना परिचालन गरेको जनाएको छ ।
निकुञ्जसँग जोडिएको हाइवे खण्डमा सेनाको २ वटा समूह परिचालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जमा सहायक प्रमुख संरक्षण अधिकृत तथा सूचना अधिकारी रमेश कुमार यादवले बताउनुभयो ।
निकुञ्ज संरक्षणका लागि बसेको नेपाली सेनाको सिद्धबक्स गणसँगको समन्वयमा निकुञ्ज प्रशासनले सेनाको २ वटा समूह बनाएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेनालाई सडकमा खटाएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ वटा दुर्लभ जनावरसहित सात वटा जनावरको सडक दुर्घटना लगायतका कारण नै ज्यान गएको थियो ।








प्रतिक्रिया राख्नुहोस्