सहिदभुमि गाँउपालिकाको आफ्नै भवन निमार्ण कार्य अन्तिम चरणमा
धनकुटा।धनकुटाको सहिदभुमि गाँउपालिकाको आफ्नै भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७७ । ०७८ को २ करोड ६७ लाख बजेट बाट निमार्ण गर्न थालिएको गाँउपालिकाको कार्यलय भवन निर्माण कार्य सम्मपन्न हुन लागेको उपाध्यक्ष रत्नश्वरी राइले बताउनुभयो ।
भ्याट बाहेक को २ करोड ६७ लाख रकम बाट निर्माण हुदै गरेको अढै तले भवन आगामि असार मसान्त सम्ममा सञ्चालनमा ल्याउने योजनारहेको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिनुभयो । अहिले भवनको प्लाष्टर तथा रंङरोगनको काम गर्न बाकी रहेको गाँउपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्