तपाईँ सुन्दै हुनुहुन्छः

तीन थान चिरान काठसहित एक जना पक्राउ

सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ७ देवधार खोलाबाट चिरान काठसहित एक जना काठ तस्कर पक्राउ परेका छन् । सवडिभिजन वन कार्यालय शम्भुनाथ रुपनीका गस्ति टोलिले शनिबार शम्भुनाथ नगरपालिका ७ भंगाहाका ४५ बर्षीय बृनदेव दासलाई काठसहित नियन्त्रणमा लिएको हो ।

दासलाई देवधार खोलाबाट सखुवाको ३ थान चिरान काठसहित नियन्त्रणमा लिएको सवडिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका साहायक बन अधिकृत रामआशिष यादवले जानकारी दिनुभयो ।देवधार खोला क्षेत्रबाट काठ तस्करी हुँदै गरेको थाहा पाएपछि पुगेको वन गस्तीले दासलाई नियन्त्रणमा लिन सफल भएपनि अन्य दुईजना फरार भएको अधिकृत यादवले बताउनुभयो ।

काठ र तस्करलाई सवडिभिजन वन कार्यालय रुपनीको हिरासतमा राखी अनुशासन अगाडि बढाएको सहायक वन अधिकृत यादले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button