चट्याङ लागेर १ जनाको मृत्यु, २ घाइते
ओखलढुङ्गा । ओखलढुङ्गामा वर्षासँगै परेको चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।
ओखल्ढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ६ मा चट्याङ लागेर २४ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्युठानको मल्लरानी गाउँपालिका ३ जेरी डाँडामा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
चट्याङ लागेर ४९ वर्षीया र ६१ वर्षीया महिला घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्