तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यक : मन्त्री श्रेष्ठ

भक्तपुर  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।
आज सानो ठिमीस्थित शिक्षक सेवा आयोगको स्थापना दिवसको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजका सबै क्षेत्रको मुहान शिक्षा क्षेत्र भएकाले यसको सुधार आवश्यक रहेको बताउनुभयो ।
शैक्षिक क्षेत्ररूपी मुहान शुद्ध भए समाजका सबै क्षेत्र शुद्ध हुने उहाँको भनाई थियो ।
उहाँले शिक्षक सेवा आयोगले रचनात्मक, सिर्जनात्मक र नैतिकवान् शिक्षक उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिको तैयारी भइरहेको र यसको छिट्टै यसको टुङ्गो लाग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button