सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुने भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार हिउँदे अधिवेशन भोलि दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।
हिउँदे अबिधेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट विभिन्न विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
बर्षे अर्थात् बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेश सभा बैठक बस्न लागेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्