धिमाल सांस्कृतिक परिकारको प्रवर्द्धनका लागि दमकमा फुड फेष्टिबल

झापा । धिमाल जातीय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवर्द्धनका लागि दमकमा फुड फेष्टिबल गर्ने भएको छ । आगामी माघ २७ गते देखि फाल्गुन १ गते सम्म ५ दिन चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबलको आयोजना गर्न लागेको हो ।
फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० वटा स्टल रहने छन् । ती स्टलमा विभिन्न जातीय खानाहरू विक्री तथा प्रदर्शन गरिने छ । फेष्टिबलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने केन्द्रका केन्द्रिय सदस्य मणिराज धिमालले जानकारी दिनुभयो ।
चिचिरी धिमाल समुदायमा विशेष प्रकारको चामलबाट पकाइने र गेन्द्रो पिठोबाट पकाइने परिकार हो । यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको केन्द्रिय सदस्य अजितकुमार धिमालले जानकारी दिनुभयो ।
धिमाल समुदायका विभिन्न खाद्य परिकारहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले जनाउनुभयो । दमक नगरपालिकाको मुख्य प्रायोजन रहने फेष्टिबललाई झापा तथा मोरङ विभिन्न स्थानीय तहले सहयोग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्