जुम्लामै जेसीबिको डिलर सञ्चालनमा

जुम्ला । देशमा संघियतापछि पूर्वाधार विकास निर्माणले गति लिएको छ ।
तीनै तहका सरकारको पहिलो प्रथामिकतामै पूर्वाधार विकास छ । कर्णाली जस्तो भौगिक विकटता भएको क्षेत्रमा पूर्वाधार विकास अपरिहार्य पनि छ । सोही अनुसार स्थानीय सरकारले पूर्वाधार विकासमा लगानी पनि गरिरहेका छन् ।
तर एकातर्फ पूर्वाधार विकास धमाधम हुनु र अर्कोतर्फ जिल्लामै मेसिन नहुँदा महगोमा बाहिरबाट ल्याउनु पर्ने बाध्यतामा कर्णालीका निर्माण व्यवसायी छन् ।
विकास निर्माणलाई छिटो छरितो गर्न र निर्माण व्यवसायीका समस्या मध्यनजर गर्दै कर्णालीमै पहिलो पटक जेसिबीको २० औं डिलर जुम्लामा सञ्चालन गरिएको छ ।
जुम्ला सदरमुकाम खलंगामा आज विहान कर्णाली प्रदेशका सांसद तथा लेखा समिति संयोजक दिनबन्दु श्रेष्ठले डिलरको औपचारिक उद्घाटन गर्नुभएको छ ।

उहाँले जुम्लामै जेसिबीको डिलर सञ्चालनले कर्णालीको भौतिक पूर्वाधार विकासले गति लिने बताउनुभयो । जुम्लामै मेसिन पाइने भएपछि निर्माण व्यवसायीलाई पनि राहत हुने र मेसिन अभावले विकासका काम पनि नरोकिने विश्वास व्यक्त गर्नुभयो ।
एमएडब्लु अर्थ मुर्भस प्राली अन्तरर्गत (जेसिबी) को आधारिक विक्रेताका रुपमा अंकित जनरल स्टोर तथा सप्लार्यसले कर्णालीमै पहिलो जुम्लामा जेविसीको बिक्री शुरु गरेको सप्लायर्सका प्रोप्राइटर सुमन खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो,“साविक कर्णाली लगायत दैलेख, सुर्खेतसम्म बिक्री गर्ने लक्ष्य छ । संघीयतापछि विकास निर्माणको गति हेर्दा कर्णालीमै जेसिबीलगायत अन्य मेसिन आवश्यक देखियो ।” त्यसैले ४ करोडभन्दा बढीको एकल लगानीमा जुम्लामै (जेसिबी)को डिलर सञ्चालन गरेको खड्काले उल्लेख गर्नुभयो ।

जुम्लामै जेविसी,ब्याकहोल लोडर, स्काभेटर, हुइल लोडर, रोलर, जेनेरेटरलगायतका निर्माण क्षेत्रमा प्रयोग हुने सम्पुर्ण मेसिन सुलभ मुल्यमा बिक्री गर्नेको खड्काको भनाई छ ।
दुई जना दक्ष इन्जिनियरसहित ६ जना जनशक्ति डिलरमा कार्यरत रहेका छन् भने, आवश्यकता अनुसार सबै मोडलका मेसिनहरु अर्डर भएको एक हप्तामा निर्माण स्थलमा पुराउने जानकारी उहाँले जानकारी दिनुभयो ।
जेसिवी कम्पन्नीका सेल्स म्यानेजर कन्चन शिलवालले निर्माण क्षेत्रमा प्रयोग हुने ८० प्रतिशत विभिन्न मेसिन जेसिवि कम्पन्नीमै पाइने बताउनुभयो ।
न्युन भ्याट र भन्सार शुल्कमै ४८ लाखभन्दा माथिको मुल्यमा मेसिन उपलब्ध गराउन सकिने उहाँको भनाई छ ।
निर्माण व्यवसायी खुसी
बाहिरबाट भाडा मेसिन ल्याउनु पर्ने, विकास खच भन्दा मेसिन खर्च बढी दिनुपर्ने बाध्यताबाट कर्णालीका अधिकांश निर्माण व्यवसायी हैरान छन् ।
भनेकै बेला मेसिन नपाईने पाइएपनि महंगो भाडा लाग्ने समस्या थियो । जसका कारण विकास निर्माणका योजना समयमै सम्पन्न हुन गाह्रो हुन्थ्यो ।

तर ढिलै भए पनि जुम्लामा जेसिविको डिलर सञ्चालन हुँदा निर्माण राहत भएको व्यवसायी जीवन रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“वर्षौदेखि भाडाकै मेसिन लिएर निर्माण कार्य गर्यौ । दशकौसम्म ठेक्का पट्टा गरेका धेरै निर्माण व्यवसायी आफ्नै मेसिन खरिदको तयारीमा थिए ।
अब जुम्लामै जेसिबी पाइने भएपछि ढुवानी मुल्यपनि नलाग्ने, सस्तोमै भनेकै बेला नयाँ मेसिन खरिद गर्न सकिने भएकोले निर्माण व्यवसायी खुसी भएको उहाँको भनाई छ ।
आज डिलर उद्घाटनसँगै जीवन रोकाया, सुमन खड्का लगायत तीन जना निर्माण व्यवसायीलाई नयाँ मेसिनको चाबी हस्तान्तरण गरिएको छ ।









प्रतिक्रिया राख्नुहोस्