बाँकेमा ४ हजार ९ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाए

नेपालगञ्ज । बाँकेमा पहिलो चरणमा ४ हजार ९ सय ६७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
जुन लक्ष्यको ९९.३४ प्रतिशत हो । पहिलो चरणमा ५ हजारलाई खोप लगाउने लक्ष्य थियो ।
स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी, वृद्धाश्रमका हेरालु, कैदी वन्दी तथा सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप दिइएको हो ।
पहिलो चरणमा ५ सय भाइल खोप खर्च भएको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
माघ १४ गतेदेखि २४ गतेसम्म पहिलो चरणमा खोप लगाइएको थियो । पहिलो खोप लगाएकाले २८ दिनपछि अब दोस्रो डोज लगाउनुपर्दछ ।








प्रतिक्रिया राख्नुहोस्