निर्यात उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड
रुपन्देही । लम्बिनी प्रदेशका उद्योगी व्यवसायीहरूले निर्यात उद्योगहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
रुपन्देहीमा आयोजित कर तथा कानुनी प्रावधान र आर्थिक ऐन ०७७ मा भएका कर छुट तथा सुविधा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरूले निर्यात गर्ने उद्योगहरूलाई सरकारले कर छुटदेखि भन्सारको झन्झटिलो प्रक्रिया हटाउनु आवश्यक भएकोमा जोड दिनुभयो ।
नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक एजाज आलमले ४ लाखसम्म आम्दानी गर्ने उद्योगीलाई सरकारले हाल कर छुट गरे पनि यसको दायरा बढाउँदै १० लाखसम्म पुर्याउन माग गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टङ्क पोखरेलले अहिले पनि कतिपय सामान निर्यात गर्दा भन्सार शुल्क लाग्ने गरेकोमा भन्सार शुल्कमा छुट दिन आग्रह गर्नुभयो ।
अर्थ मन्त्रालयका राजश्व महाशाखा प्रमुख रामेश्वर दंगालले नीतिगत तहमा देखिएका र व्यवसायीले उठाएको समस्यालाई आगामी दिनमा सम्बोधन गर्न मन्त्रालयले पहल गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्