धार्मिक पर्यटन क्षेत्रको विकासले आर्थिक समृद्धि : प्रमुख खुलाल

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले धार्मिक क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।
हेटौँडा–१३ मा निर्माण हुन लागेको टासि छ्योलिङ्ग गुम्बाको आज शिलान्यास गर्नुहुँदै प्रमुख खुलालले हाम्रा धार्मिक सम्पदाहरूलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।
२०७२ सालको भूकम्पका कारण क्षति भएको उक्त गुम्बा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा करिब १ करोड १५ लाखको लागतमा निर्माण हुन लागेको हो ।
शिलान्यास कार्यक्रममा प्रमुख खुलालले धार्मिक क्षेत्रहरूको पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै त्यसले आर्थिक उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

उहाँले धार्मिक सम्पदाहरूलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न आग्रह गर्दै हरेक क्षेत्रमा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले सबैको चाहना समृद्धि भएको भन्दै सकारात्मक भएर लाग्न आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारको लगानीमा गुम्बा निर्माण भइरहेको भन्दै यसमा सकैको सबैको नीग्रानी हुनुपर्ने समेत बताउनुभएको छ ।
गुम्बाकी अध्यक्ष लक्ष्मी माया थिङ्को सभाध्यक्षतामा भएको कार्यक्रममा १३ नम्बर वडा अध्यक्ष मनोजकुमार वाइबा, गुम्बा विहार महासङ्घका केन्द्रीय सदस्य दिपक सिन्तान, उपभोक्ता समितिका पदाधिकारीहरू, गुम्बाका लामाहरूको समेत उपस्थिति थियो ।
गुम्बा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत उपभोक्ता समितिको ३० प्रतिशत र प्राधिकरणको ७० प्रतिशत लागतमा निर्माण हुन लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्