तपाईँ सुन्दै हुनुहुन्छः

थप २ सय ४८ जना निको, ९९ जना संक्रमित

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज २ सय ४८  जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क अनुसार हालसम्म ९८ दशमलव ५ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

आज देशभर २ हजार ७ सय ९४ वटा नमुनाको परिक्षण गर्दा काठमाडौँ उपत्यकामा ६६ सहित ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।

यस्तै देशभर रहेका १ हजार ९ सय ५९ सक्रिय संक्रमित मध्ये ६१ जनाको आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button