वीरगञ्जको छपकैयामा १ सय १ जनाद्वारा रक्तदान
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा न. ३ छपकैयामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
हेल्पिंग यूथ क्लब अफ वीरगञ्जको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३ जना महिलासहित १ सय १ जनाले रक्तदान गरेका छन् ।
क्लबका अध्यक्ष आबिद हुसैनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी मनोज राउत कुर्मी, वडा न. ३ की दलित महिला सदस्य सङ्गीता दास, लक्ष्मी चौरसिया, मन्सुर हवारी, अब्दुल्ला मन्सुरी, सौभित अन्सारी, सहाबुदिन हवारी, सुनिल कुमार रौनियार, विजय सर्राफ, शङ्कर प्रसाद सोनार लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक सुजित पटेलले जानकारी दिनुभयो ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य राजेशमान सिंह, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी, वीरगञ्ज महानगरपालिका वडा न. ३ का अध्यक्ष बैजुलाल स्वर्णकार, एममामुदिन अहमद, समिर हवारी, सयस अली लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्