तपाईँ सुन्दै हुनुहुन्छः

आङ साङ सुकीलाई नजरबन्दमा राखिएको जानकारी

म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को अध्यक्ष आङ सान सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ ।

गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो ।

उहाँका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेख्नुभएको छ, “नेतृ सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ र उहाँको स्वास्थ्य राम्रो रहेको छ ।”

मैले जानकारी पाएसम्म नेतृ सुकीलाई उहाँकै निवासमा नजरबन्दमा राखिएको छ, टोयले एएफपीसँग भन्नुभयो ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button