घुस लिइरहेको अवस्थामा मालपोत कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख ठाकुर र लेखापढी व्यवसायी यादव पक्राउ

सप्तरी । अख्तियार अनुसन्धान अयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा मालपोत कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्द्र ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई पक्राउ गरेको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयका निमित्त प्रमुख ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई १५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रमुख ठाकुर र लेखापढी व्यवसायी यादवले सेवाग्राहीसँग जग्गाको नक्सा मिलाई दिन्छु भन्दै सो रकम लिएको आयोगले जनाएको छ ।
पक्राउ परेका ठाकुर र यादवलाई शुक्रवारै थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी लगिएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्