होराइजनलाई उपाधि
रुपन्देही । सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यु होराइजन क्रिकेट एकेडेमीले रुपन्देहीको भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
जितसँगै न्यु होराइजनले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता धनगढीले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।
प्रतियोगितामा म्यान अफ द सिरिज र वेस्ट ब्याट्सम्यान धनगढीका कप्तान नरेन भट्ट घोषित भए भने धनगढीकै रजत राना उत्कृष्ट बलर घोषित हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्