बिमाको दायरा व्यवस्थित रूपले विस्तार गरिनेः अध्यक्ष सिलवाल
काठमाडौँ । बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमाको दायरा व्यवस्थित रूपले विस्तार गर्ने बताउनुभएको छ ।
शुक्रवार समितिको अध्यक्षको पदभार ग्रहण गर्दै उहाँले बिमा क्षेत्रमा समस्यै समस्या रहेकोले त्यसको समाधान गर्दै अघि बढ्ने काम चुनौतीपूर्ण रहेको बताउनुभयो ।
२७ प्रतिशत जनतामा पुगेको बिमाको पहुँच गाँउगाँउ सम्म पुर्याउन सबै पक्षको सुझाव लिएर अघि बढ्ने पनि उल्लेख गर्नुभयो ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सिलवाललाई समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्