तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा हिमपात, मार्तडी–कोल्टी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा बिहीबार रातिदेखि  हिमपातसँगै वर्षा सुरु भएको छ । भारी हिमपातका कारण चिसोले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपात भएपछि कृषक खुसी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।

मार्तडी कोल्टी सडक खण्डको पोखरे लेकमा हिमपात हुँदा यातायातका साधनहरू चल्न सकेका छैनन् ।  मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा पानी र हिमपात नभएपछि खेतमा लगाएका हिउँदे बाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए। बिहीबार रातिबाट वर्षासँगै हिमपात हुन थालेपछि कृषकहरू खुसी भएका हुन् ।

बिहीबार रातिदेखि बडिमालिका नगरपालिका, बुढिन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, जगन्नाथ  गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button