तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

बीरगंज । पूर्व–पश्चिम लोक मार्ग अन्तर्गत बारा जिल्लाको दुई नम्बर पुल नजिकै तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ प १४३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही दिसाबाट आउँदै गरेको ना४२प ६३६३ नम्बर र ना३४प ४१३१ नम्बरको मोटरसाइकलसँग ठोकिएर भएको दुर्घटनामा परी तीन वटै मोटरसाइकलमा सवार पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।
घाइते पाँचै जनालाई उपचारको लागि सिमरास्थित अल्पाइन अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा प्रदेश २–०३–००१ प १४३८ नम्बरको मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय उज्वल थापाको मृत्यु भएको बारा प्रहरीका प्रवक्ता एवं डिएसपी मिश्रले जानकारी दिनुभयो ।
घाइते मध्ये जितपुरसिमरा वडा नम्बर २ की २१ वर्षीया अनिशा पौडेल, पृथ्वी पाख्रिन, वरुण केसी र गोपाल पौडेल गम्भीर घाइते भएका छन् ।
घाइतेहरूलाई सिमराको अल्पाइन अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागी बीरगंजस्थित बयोधा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्